भोटेकोशी बाढी : अहिलेसम्म १२२२ शव फेला, ८८२ शवको व्यवस्थापन
annapurnapost.com · Wed Sep 02 16:11:12 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२२२ जनाको शव फेला परेको छ। जसमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव र ४२१ आशिंक अंग रहेका छन्। यस्तै ८२ वटाको पनि पहिचान खुलेका छन्।
प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म भेटिएका शवहरुमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि १०९२ मृतक र ५६३ मृतकका आफन्तहरुको गरी १६५५ जनाको डिएनए संकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)