विज्ञापन बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान
nepalviews.com · Wed Jul 15 01:08:16 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि योग्य र इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी साउन ८ गतेसम्म आवेदन पेस गरिसक्न आग्रह गरेको हो। उम्मेदवारको योग्यता, दरखास्त फाराम र आवश्यक पर्ने अन्य कागजातहरूका बारेमा मन्त्रालयको वेबसाइटमार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।
विज्ञापन बोर्डले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नियामक निकायका रूपमा काम गर्दै आएको छ। सरकारी विज्ञापनहरूलाई तोकिएको मापदण्डका आधारमा सञ्चार माध्यमहरूमा समानुपातिक रूपमा वितरण गर्ने मुख्य जिम्मेवारी बोकेको यो बोर्डले विज्ञापनको उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता निर्माण गरी कार्यान्वयन गराउने गर्छ। यसका साथै, विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, विज्ञापन सामग्रीहरूको परीक्षण गर्ने र भ्रामक वा अमर्यादित विज्ञापनहरू विरुद्ध अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि बोर्डलाई प्राप्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)