इरानले भन्याे– खामेनेईको हत्याको बदला अवश्य लिन्छौँ
shilapatra.com · Thu Jul 02 02:48:00 GMT 2026

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्याको बदला लिने घोषणा गरेको छ । बीबीसीको फारसी सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रद्वारा हस्ताक्षर गरिएको एक सन्देश सार्वजनिक गरेका छन् ।
उक्त सन्देशमा आयातोल्लाह अली खामेनेईको हत्यामा संलग्न व्यक्तिहरूसँग ‘रगतको बदला अवश्य लिइने’ उल्लेख गरिएको छ । मोहम्मद बाकेरले उक्त सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)