उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
nepalviews.com · Wed Jul 15 01:23:46 GMT 2026

गाजा । उत्तरी गाजास्थित एक सुरक्षा चौकीमा भएको इजरायली हवाई आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले बताएका छन् । मृतकमध्ये हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायसँग आबद्ध प्रहरी अधिकारीहरू रहेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार, जबालिया शरणार्थी शिविरको पश्चिममा पर्ने अल–फालुजा क्षेत्रमा रहेको सुरक्षा चौकीमा इजरायली ड्रोनले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणबाट चौकीमा ठूलो क्षति पुगेको र आसपासका क्षेत्रमा पनि असर परेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)