चरन क्षेत्रका मौरीघार बगायो बाढीले
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्याएको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाख बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।
रत्ननगर नगरपालिकाको कृषि विकास शाखा प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर – ९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरले वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)