आजदेखि भरी सिलिन्डर ग्यास बजार
kendrabindu.com · Wed Jul 15 01:35:18 GMT 2026

काठमाडौं । उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो।
इरान–अमेरिका/इजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)