नेपालको पर्यटन क्षेत्रमा उत्साह, यस बर्ष साढे ११ लाख पर्यटक भित्रिए
kendrabindu.com · Wed Jul 15 01:47:00 GMT 2026

काठमाडौं । कोरोना महामारीपछिको मन्दीलाई चिर्दै सन् २०२५ मा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक ‘नेपाल पर्यटन तथ्यांक-२०२५’ अनुसार अघिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाइ अवधि दुवैमा वृद्धि भएको छ ।
तथ्यांकअनुसार २०२५ मा कुल ११ लाख ६२ हजार ३६५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो अघिल्लो वर्ष २०२४ को तुलनामा १.२९ प्रतिशतको वृद्धि हो । त्यस वर्ष ११ लाख ४७ हजार ५ सय ४८ जना पर्यटक भित्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)