मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान
nepalpress.com · Wed Jul 15 01:58:01 GMT 2026

काठमाडौँ । मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वस्तरीय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन् । प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य अन्तिम प्रतिस्पर्धा साउन ४ गते हुनेछ।
पूर्णिमा कानुन विषयमा स्नातक हुन्। उनी सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्। मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति तथा नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)