सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने
kendrabindu.com · Wed Jul 15 01:58:49 GMT 2026
ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९ मा उच्चतम विन्दुमा पुग्ने र त्यसपछि दीर्घकालीन रूपमा घट्दै जाने प्रक्षेपण गरिएको छ । मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले वृद्ध बन्दै गएको जनसङ्ख्याले भविष्यमा सामाजिक तथा आर्थिक क्षेत्रमा चुनौती थप्ने जनाएको छ ।
प्रतिवेदनअनुसार हाल इयूको जनसङ्ख्या ४५ करोड छ लाख रहेकोमा सन् २०२९ सम्म ४५ करोड ३३ लाख पुग्नेछ । त्यसपछि भने जनसङ्ख्या क्रमशः घट्दै सन् २१०० सम्म ३९ करोड ८८ लाखमा सीमित हुने अनुमान गरिएको छ । यो हालको तुलनामा करिब ११ दशमलव ७ प्रतिशतको गिरावट हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)