‘औद्योगिक वातावरण नहुँदा उद्योगी–व्यवसायी उत्पादनमूलक भन्दा व्यापारतिर उन्मुख’
ekantipur.com · Mon Mar 31 17:18:02 GMT 2025
निजी क्षेत्रले सधैं सरकारसँग मिलेर काम गरिरहेको छ । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र लडिरहेको छ । प्रजातन्त्र आउने बेला निजी क्षेत्रको वातावरण उत्साहजनक थियो । पर्यटन, एयरलाइन्स, सेवा, मिडिया र उत्पादनलगायत धेरै क्षेत्रमा अवसर सिर्जना भएको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय कम्पनीहरूसमेत भित्रिएका थिए । उत्पादन क्षेत्र ८० देखि ९० प्रतिशत वृद्धि भएको थियो ।
पछिल्लो समय जनयुद्ध, भूकम्प र कोरोना महामारीसमेत आयो । कोरोना महामारीमा मौद्रिक नीति राम्रै आएकाले हाम्रो अर्थतन्त्रलाई धान्न सकेको थियो । तर अहिले निजी क्षेत्र धराशयी बनेको छ । मुलुकको आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकता दिएर दुई ठूला दल मिलेर सरकार बनेको छ । निजी क्षेत्र उत्साहित थियो । केही अध्यादेशबाट निजी क्षेत्रमैत्री कानुन आयो तर भूमिसम्बन्धी आउन सकेन । तर पनि निजी क्षेत्रको अवस्था ओरालो र अप्ठ्यारो स्थितिमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)