भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनको १ करोड सहयोग
techpana.com · Thu Aug 27 06:50:48 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको हो । बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएपछि प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरेको आह्वानमा एनसेलले सहयोग घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)