कसको सल्लाहमा चलिरहेका छन् प्रधानन्यायाधीश शर्मा ?
barnanmedia.com · Wed Jul 15 02:07:03 GMT 2026

मुलुकमा पुराना राजनीतिक दलहरुको सिन्डिकेट अन्त्य गर्न जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई बहुमत दिए । पुराना सबै दल बढारिए । त्यसअघि पुराना शक्तिहरुविरुद्ध जेनजी आन्दोलन भएको थियो र तत्कालीन संसदका दुई ठूला दलहरुको गठबन्धन सरकारलाई हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था बनेको थियो । यी सबैको परिणामस्वरुप अहिले मुलुकमा ३६ वर्षीय युवा प्रधानमन्त्रीको कुर्सीमा छन् ।
खासमा यस खालको परिवर्तन राज्य र समाजका सबै क्षेत्रमा आवश्यक थियो । त्यसैले नयाँ संसद र सरकार आउनासाथ न्यायपालिकामा परिवर्तनको शंखघोष गरियो । पुराना दलहरुको सिन्डिकेटभित्रका न्यायाधीशहरुको पल्टनै किनारा लगाएर प्रधानन्यायाधीशको रोलक्रममै नभएका मनोजकुमार शर्मालाई न्यायपालिकाको बागडोर सुम्पिने काम भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)