अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो
kendrabindu.com · Thu Jul 02 03:02:44 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)