बाढी–पहिरोको असर : ६ प्रमुख सडक पूर्णरूपमा अवरुद्ध
corporatenepal.com · Wed Jul 15 02:52:14 GMT 2026

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित भएका छन्। पहिरो र सडक क्षतिका कारण कम्तीमा ६ स्थानमा यातायात पूर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
पूर्णरूपमा अवरुद्ध हुने सडकमा मेची राजमार्ग (इलाम), सिद्धिचरण लोकमार्ग (उदयपुर), बीपी राजमार्ग (काभ्रे), कान्तिलोकपथ (मकवानपुर), अरनिको राजमार्ग (सिन्धुपाल्चोक) तथा सालझण्डी–ढोरपाटन सडकखण्ड (अर्घाखाँची) रहेका छन्। अधिकांश सडक पहिरो खसेपछि बन्द भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)