बाढीपहिरोले पाँचथर–ताप्लेजुङमा ग्यास र इन्धन अभाव
barnanmedia.com · Wed Jul 15 02:57:24 GMT 2026

मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङमा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ। आपूर्ति अनिश्चित बनेसँगै उपभोक्ता वैकल्पिक रूपमा विद्युतीय चुलो खरिद गर्न बाध्य भएका छन्।
पाँचथरमा असार ३ गतेयता एलपी ग्यासको नयाँ आपूर्ति हुन सकेको छैन। यस्तै, पेट्रोलियम पदार्थको नियमित आपूर्ति रोकिएको पनि करिब दुई साता पुग्न लागेको व्यवसायीले बताएका छन्। जिल्लाका अधिकांश ग्यास डिपो र पेट्रोल पम्पमा मौज्दात सकिँदै गएपछि उपभोक्ताले आवश्यक वस्तु सहज रूपमा पाउन छाडेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)