पोखरा महानगरको बजेट पारित
himalpress.com · Thu Jul 02 03:07:08 GMT 2026

कास्की- पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।
महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख, समानिकरण अनुदान ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)