सर्वोच्च नेता खामेनीको हत्याको बदला लिने इरानको चेतावनी
lokaantar.com

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आफ्ना सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको हत्याको बदला निश्चित रूपमा लिने घोषणा गरेको छ। बीबीसी फारसी सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलकाद्रद्वारा हस्ताक्षरित एक आधिकारिक सन्देश प्रकाशित गर्दै खामेनेईका हत्याराहरूसँग 'रगतको बदला' लिइने स्पष्ट पारेका हुन्। सचिव जोलकाद्रले यो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स'मार्फत पनि जारी गरेका छन्।
सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको पहिलो संयुक्त आक्रमणका क्रममा सर्वोच्च नेता खामेनेईको हत्या भएको थियो। उक्त भीषण आक्रमणमा खामेनेईका साथै इरानका कैयौँ अन्य उच्च अधिकारी र उनीहरूका परिवारका सदस्यहरूले समेत ज्यान गुमाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)