भुटानी शरणार्थी प्रकरण : दोषी ठहरिएका कसलाई कति कैद र जरिवाना ?
barnanmedia.com · Wed Jul 15 03:18:37 GMT 2026

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दाषी ठहरिएकाहरुको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ ।
अदालतले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)