मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
nepallive.com · Wed Jul 15 03:45:44 GMT 2026

काठमाडौँ – जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडक खण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।
चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)