मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ
baahrakhari.com · Wed Jul 15 03:43:58 GMT 2026

काठमाडौं । मकवानपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७, किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ छन् ।
मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)