चालु वर्षमा ६ प्रतिशतले बढ्यो कर्जा, ३ खर्ब २३ अर्ब ८८ करोड कर्जा विस्तार
kendrabindu.com · Wed Jul 15 04:09:12 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब २३ अर्ब ८८ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन्। तर, गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७३ अर्ब ६५ करोड रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ९७ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका थिए।
अर्थतन्त्र लामो समयदेखि शिथिल रहेको, उद्योगहरू आधाभन्दा कम क्षमतामा सञ्चालन भएको, लगानीको वातावरण बन्न नसकेकोलगायत कारण बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा विस्तार गर्न नसकेको जानकार बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)