रौतहटमा फेरि एक युवकले गरे आत्मदाहको प्रयास, काठमाडौं रिफर
kendrabindu.com · Wed Jul 15 04:23:24 GMT 2026

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ।
घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)