पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: उडान भर्ने तयारीमा फ्लाई दुबई
nagariknews.nagariknetwork.com · Wed Jul 15 04:20:24 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। सरकार र निजी क्षेत्रको पहलमा तीन फरक अन्तर्राष्ट्रिय गन्तव्यमा पोखराबाट उडान सुरु गर्ने प्रयास भए पनि सफलता मिलेको छैन। करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थलबाट सुरुमा उत्तरी छिमेकी देश चीनको छेन्दु र ल्हासा उडान भएको थियो।
चीनको सिचुवान एयरलाइन्सले छेन्दुमा चार्टर्ड उडान र हिमालयन एयरलाइन्सले छेन्दुमा नियमित उडान गरेका थिए। त्यसले पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि त भयो तर नियमित भने हुन सकेन। सिचुवान एयरलाइन्सले छेन्दुमा ११ वटा उडान गर्यो। ती उडान चार्टर्डमा सीमित रहे। हिमालयन एयरलाइन्सले भने २०२५ मार्चदेखि ल्हासा नियमित उडान थाले पनि यात्रु नभएकाले एक वर्ष नबित्दै बन्द भयो।केही समय भुटानको पारो एयरलाइन्सले पोखरा–थिम्पु उडान ग¥यो तर त्यसले पनि निरन्तरता पाउन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)