श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड
kalakarmi.com · Wed Jul 15 04:15:36 GMT 2026

काठमाडौं- श्रावण महिना प्रारम्भ भएसँगै बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ ।
विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएकाले यस समयमा श्रृंगार सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ ।