अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी
barnanmedia.com · Wed Jul 15 04:35:20 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ । साथै, अमेरिकाको हितसँग जोडिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने आइआरजिसीको भनाइ छ ।
फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)