कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
ratopati.com · Wed Jul 15 04:48:55 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रशासनिक र विकास व्यवस्थापनलाई चुस्त बनाउन विभिन्न निर्णयहरू गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा आज बिहान ९:०० बजे बसेको बैठकले विधेयक तर्जुमादेखि प्रशासनिक पुनर्संरचनाबारे निर्णयहरू गरेको हो।
बैठकले 'कर्णाली प्रदेश अनुगमन तथा मूल्याङ्कन विधेयक' को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसैगरी, प्रशासनिक कार्यशैलीमा सुधार ल्याउन 'व्यवस्थापन परीक्षण निर्देशिका, २०८३' लाई समेत स्वीकृत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)