देशभर पुनः भरी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य कति ?
ajakoartha.com · Wed Jul 15 04:53:00 GMT 2026

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)