गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
gorkhapatraonline.com · Wed Sep 02 16:43:37 GMT 2026

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ। पर्साको वीरगन्ज महानगरपालिका –४ गहवामाई मन्दिर अगाडिको चौतारोमा उहाँ आज अचेत अवस्थामा भेटिनुभएको थियो । तनहुँको भानु नगरपालिका –५ भन्सारपुल घर भएका ५८ वर्षीय उपाध्यायलाई अचेत अवस्थामै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। तर अस्पतालका चिकित्सकले उहाँको निधन भएको जानकारी दिनुभएको उहाँले बताउनुभयो । उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको र उहाँको परिवारका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)