मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी, लुम्बिनीलाई दियो ३ थान जैविक सूक्ष्मदर्शी
clickmandu.com · Wed Jul 15 05:09:40 GMT 2026

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुर्याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)