फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी
nepalviews.com · Wed Jul 15 05:14:13 GMT 2026
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) मा उजुरी दर्ता भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।