प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalsamaya.com · Wed Jul 15 05:16:32 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन्।
दिउँसो १:०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ।