मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ
annapurnapost.com · Wed Jul 15 05:11:03 GMT 2026

काठमाडौं : मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।
चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)