स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७औं पटक पायो 'ट्रिपल ए' रेटिङ, चुनौतीहरुको सामना गर्न सक्षम
aarthiknews.com

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको इस्युअर रेटिङ 'इक्राएनपी एएए' पुनः पुष्टि गरेको छ । बैंकले यही रेटिङ लगातार ७औं पटक पाएको हो । यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता अत्यन्त उच्च रहेको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । इक्रा नेपालका अनुसार २०८२ चैत मसान्तसम्म बैंकको पुँजी पर्याप्तता अनुपात १७.८२ प्रतिशत र टियर–१ पुँजी १६.१४ प्रतिशत रहेको छ । यो नियामकले तोकेको न्यूनतम ११ प्रतिशत र ८.५ प्रतिशतको सीमाभन्दा उल्लेख्य रुपमा माथि हो ।
बैंकको सम्पत्ति गुणस्तर पनि बैंकिङ इन्डष्ट्रिजको औसतको तुलनामा निकै बलियो रहेको मूल्यांकन गरिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) १.८१ प्रतिशतमा सीमित रहेको छ, जबकि सोही अवधिमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ५.४१ प्रतिशत पुगेको थियो । बैंकको ०+ डीपीडी अनुपात पनि करिब ५ प्रतिशतमा सीमित रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)