सुदूरपश्चिमको बजेट विवाद: मुख्यमन्त्रीले एमालेका सबै मन्त्रीलाई डाके
nepalpress.com · Wed Jul 15 06:09:33 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई छलफलमा डाकेका छन् ।
असार १ गते कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे सत्ता गठबन्धनमै रहेको एमालेले तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । सरकारमै रहेर पनि सरकारले ल्याएको बजेटबारे विवाद पैदा गरेको भन्ने विषयमा कुरा गर्न मुख्यमन्त्री शाहले १२ बजे सामूहिक रूपमा मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)