कर्णाली मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न निर्देशनालय सहित केन्द्र खारेज
barnanmedia.com · Wed Jul 15 06:00:47 GMT 2026

कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेतमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो । यसअघि गत जेठ २८ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले छ निर्देशनलाय र तीन केन्द्र पुनःसंरचना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)