सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिए कैदी, अस्पताल पुर्याएलगत्तै मृत घोषणा
onlinekhabar.com · Wed Jul 15 06:06:28 GMT 2026

३१ असार, खोटाङ । खोटाङमा एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो ।
कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति १:५० बजे अस्पताल पुर्याइएको थियो तर अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)