भारतको सहयोगमा सोलुखुम्बुमा बन्दै गुम्बाको भवन, गरियो शिलान्यास
annapurnapost.com · Wed Jul 15 06:11:49 GMT 2026

सोलुखुम्बु : भारत सरकारको सहयोगमा सोलुखुम्बुमा गुम्बाको भवन निर्माण थालिएको छ । कोशी प्रदेश अन्तर्गतको सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको भवन निर्माण थालिएको हो ।
भारत सरकारको ३.३ करोड लागतमा निर्माण हुने उक्त गुम्बा भवनको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन् । गुम्बाको यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बन्न लागेको हो गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ यो सोलुखुम्बु जिल्लाको छैटौं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)