अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
rajdhanidaily.com · Wed Jul 15 06:25:10 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् ।
२४ असार २०७८ को भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन । पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)