‘अब नेपालमा एक युवा, एक सीप’ अवधारणा लागू गर्नुपर्छ’ : युवा अभियन्ता सरोज वानियाँ
kalakarmi.com · Wed Jul 15 06:16:47 GMT 2026

काठमाडौं- युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मंगलवार विश्व युवा दक्षता दिवस मनाइँदैछ । विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो । विशेषगरी युवा जनशक्तिलाई आवश्यक सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यो दिवसले विश्वव्यापी बहस सिर्जना गर्दै आएको छ । नेपाल जस्तो ठूलो युवा जनसंख्या भएको देशका लागि पनि युवा दक्षता र सीप विकास महत्वपूर्ण विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)