दुर्गेशले प्रियंकालाई दिए गीत उपहार, ‘दुश्मन हेरेको हेर्यै’ पछि दोस्रो सहकार्य
onlinekhabar.com · Wed Jul 15 06:43:53 GMT 2026

काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ पछि गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले पुनः सांगीतिक सहकार्य गरेका छन् । प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को एक गीतको कम्पोज दुर्गेशले गरेका छन् ।
आयोजित समारोहमा उक्त फिल्मको ‘प्रवर्धन गीत’ सार्वजनिक गरियो । दुर्गेशकै शब्द, संगीत र स्वरमा तयार भएको सो गीत फिल्ममा भने समावेश हुनेछैन । गायनमा बबिना किराँतीले साथ दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)