लेकमा दुःख, बजारमा निराशा: यार्सागुम्बा नबिकेर चिन्ता
annapurnapost.com · Wed Jul 15 06:46:26 GMT 2026

गोरखा : ज्यानको बाजी राखेर संकलन गरेको यार्सागुम्बा नबिकेपछि उत्तरी गोरखाका बासिन्दा चिन्तामा छन्। यसअघि गोटाको १ हजार रुपैयाँमा बिक्री हुने गरेको यार्सागुम्बा अहिले नबिकेपछि चुमनुब्री गाउँपालिका–१ तथा वडा नं. ७ का बासिन्दा चिन्तित भएका हुन्। राम्रो मूल्यमा बेचेर घरखर्च जुटाउने रहरले संकलन गरेको यार्सागुम्बा अहिले घरघरमा पोको पारेर राखेको वडा नं. ७ का दोर्जे लामाले बताए। ‘कुनै बेला प्रतिगोटा १ हजार रुपैयाँमा पनि बेचेको हो।
नभए पनि गोटाको ७–८ सय रुपैयाँमा त कहिल्यै घटेको थिएन’, लामाले भने, ‘यसपालि त प्रतिगोटा डेढसय, २ सय दिन्छु भन्छन्। त्यस्तो दुःख गरेर बटुलेको यार्सागुम्बा यति सस्तोमा बेचेर त केही फाइदै छैन।’ वनलसुनको भाउ पनि प्रतिकिलो २० हजार रुपैयाँबाट घटेर ८ हजारमा झरेको छ। ‘हजार पर्ने किरा १ सय ५०, १ सय ८० भन्छन्, प्रतिकिलो २० हजारमा बेच्ने गरेको वनलसुन ८ हजारमा दे भनेर माग्छन्’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)