रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
ratopati.com · Wed Jul 15 06:53:17 GMT 2026

काठमाडौँ । रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीको वीर अस्पतालमा उपचार जारी छ । सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको जलन विशेषज्ञ डा.अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको वीर अस्पतालका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)