गौरमा २८ वर्षीय सहानीद्वारा आत्मदाह, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’
nepalnews.com · Wed Jul 15 07:09:53 GMT 2026

गौर। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन्। गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मंगलबार राति आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको अवस्थामा स्थानीय चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)