कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरुले दिए सामुहिक राजिनामा
rajdhanidaily.com · Wed Jul 15 07:19:04 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् । एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।
समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।