लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
ratopati.com · Wed Jul 15 07:16:56 GMT 2026

काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ परेका छन् । नवलपरासी, तनहुँ, महोत्तरी, झापा लगायतका जिल्लामा लागूऔषधसहित २५ जना पक्राउ परेका हुन् । नवलपरासी पश्चिम, सरावल गाउँपालिका–३ कोठिल्लाबाट २ सय एम्पुल डाइजेपाम, २ सय एम्पुल फेनारगन र २ सय एम्पुल बुप्रेनोर्फिनसहित २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका– ४ बस्ने २० वर्षीय रमेश हरिजन र सोही गाउँपालिका–५ बडहरा बस्ने १९ वर्षीय रामप्रसाद हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपी ५७ ए एस ३२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)