मुडेस्थित कारागारमा कैदीको मृत्यु
nepalnews.com · Wed Jul 15 07:24:03 GMT 2026

खोटाङ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा दिक्तेलस्थित मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो।
३० असार बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिएका छन्। बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)