पूँजीबजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागु गरिने
onlinekhabar.com · Wed Jul 15 07:32:22 GMT 2026

३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ । बुधवार अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र नभइ घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताए ।
अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्ने मान्यता रहेको बताए । कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पार्दै उनले बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)