प्राकृृतिक विपद् : गैरआर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दाबी कमजोर
onlinekhabar.com · Wed Jul 15 07:32:31 GMT 2026

३१ असार, काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो १३ वर्षमा करिब ५३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति व्यहोरेको छ । तर मानसिक स्वास्थ्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र समुदायको विस्थापनजस्ता गैरआर्थिक हानि–नोक्सानीको व्यवस्थित अभिलेख नहुँदा अन्तर्राष्ट्रिय जलवायु कोषबाट लाभ लिनसमेत नेपाललाई चुनौती परेको विज्ञहरूले बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार बाढी, पहिरो, हिमताल विस्फोट, खडेरी, तातो हावाको लहर र चट्याङजस्ता जलवायुजन्य विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति बेहोर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)