बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
ratopati.com · Wed Jul 15 07:57:02 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताइन् ।
उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)