एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
himalpress.com · Wed Jul 15 08:08:46 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।
बैंकले तरलता व्यवस्थापनका लागि ९१ दिनको लागि यो निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ । बैंकले आजै निक्षेप निष्कासन गर्नेछ । यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ असोज २८ गते हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)